सारांश
काठमाडौं । ८ वर्षपछि राजेश हमालले चलचित्रमा पुनरागमन गर्न लागेको ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ ।
यो चलचित्रलाई आउँदो वर्षको जेठ ९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।
काठमाडौंको ग्लोबल कलेजमा आयोजित भव्य कार्यक्रममा फस्टलुक सार्वजनिक गरियो ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।