सारांश
काठमाडौं । त्रिभुवन विमानस्थल मंगलबारबाट दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।
त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि कात्तिक २३ देखि रातमा बन्द हुने गरेको थियो । सुरुमा १० घण्टा बन्द गरिएकामा आलोचना भएपछि आठ घण्टामा झारिएको थियो ।
मुख्य विमानस्थल १० घण्टा बन्द गरी स्तरोन्नतिका काम सुरु गरिएको थियो ।