Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

‘पिताम्बर’को ट्रेलर : प्रदीप खड्काको एक्सन अवतार


सारांश

‘पिताम्बर’को ट्रेलर : प्रदीप खड्काको  एक्सन अवतार
images

काठमाडौं । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर-एक्सन चलचित्र ‘पिताम्बर’को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ । 

३ मिनेट १४ सेकेण्ड रनटाइमको ट्रेलरमा अधिकांश एक्सनपूर्ण सिन छन् । महिलामाथिको अन्याय र शोषणविरुद्ध शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा यसमा छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरिलगायत कलाकारको अभिनय छ । 

विशाल चौलागाईं निर्माता रहेका चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता छन् । सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद छ । पुरुषोत्तम प्रधानको डीओपी रहेको छ । 

‘पिताम्बर’ चैत २९ गते रिलिज हुनेछ ।  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij