Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र ‘द महावीर’को घोषणा


सारांश

चलचित्र ‘द महावीर’को घोषणा
images

काठमाडौं । जीबी आग्रीको निर्देशनमा चलचित्र ‘द महावीर’ बन्ने भएको छ ।

निर्माण पक्षले आइतबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।

 
लक्षरा फिल्मस्को प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बीआर रेड्डी र सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सहनिर्मातामा रम्भा देवी र लक्ष्मण बिके छन् । कार्यकारी निर्मातामा भने संगीतकार सुरेश अधिकारी र डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् । चलचित्रको कथा कृष्ण बिके र जीबी आग्रीले लेखेका छन् ।
 
नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण हुने चलचित्रमा राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धीरज मगर, आँचल शर्मा, मिरुना मगर, सुशिल श्रेष्ठले अभिनय गर्ने चर्चा छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij