काठमाडौं । करीब अढाई दशक पछि निर्देशक अनिल सङ्ग्रौलाले नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्दैछन् ।
अनिल सङ्ग्रौला मुभि मेकर्स प्रा. लि. को ब्यानरमा निर्माण गर्न लागिएको नयाँ चलचित्र "आहुति" मार्फल निर्देशक सङ्ग्रौला चलचित्र निर्माण/निर्देशनमा पुन: सक्रिय हुन लागेका हुन् ।
"माईती","मालती","प्यारी बहिनी" लगायतका चलचित्र निर्देशन गरेका उनले लामो अमेरिका बसाईपछि यो चलचित्रको निर्माणमा जुटेका छन् ।
हाल पूर्वी नेपालमा लोकेशन हण्टिङमा व्यस्त अनिलले नयाँ पुराना कलाकारको गज्जबको लाईनअप तयार पारेका छन् ।करिश्मा मानन्धर, धीरेन शाक्य, वसुन्धरा भुषाल, राजेन्द्र खड्गी, उदय सुब्बा, सुभाष गजुरेल, सरिता गिरी, रश्मि भट्ट, विष्णु सापकोटा देखि अहिलेकि चर्चित नायिका सा
साम्राज्ञराज्यलक्ष्मी शाह, अञ्जली अधिकारी, भिजु पार्की हुँदै चर्चित गायक प्रकाश दुतराज, रियान गिरी साथमा बालकलाकार आयुष ढकाल र एलेक्सा खड्काले यो चलचित्रमा अभिनय गर्दैछन् ।
यति ठूलो क्यानभासमा बन्न लागेको आहुतिको निर्माण संयोजन कला सङ्गौलाले गर्दैछिन् ।
गजबको प्रसङ्ग के छ भने उल्लेखित कलाकार सबैलाई अनुबन्धित र प्राविधिक सबैप्रायलाई फाइनल गरेपनि यो चलचित्रको निर्देशक भने अझै टुंगो नलागेको अनिलले सारांशलाई बताए।
अब हेर्नुछ, उनले आफैले यो चलचित्र निर्देशन गर्छन् कि अरु कसैलाई निर्देशनको जिम्मेवारी दिन्छन् ।
चलचित्रको छायांकन यही वैशाख पहिलो हप्तादेखि आरम्भ गरिने जनाईएको छ।