सारांश
काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो ।
विपक्षमा परेको मत नै नेपाली कांग्रेसका तर्फबाट सभामुख पदको उमेदवार रहेकी ईश्वरीदेवी न्यौपानेका लागि आउने मत हो । घिमिरेलाई सभामुखमा गरिएको प्रस्तावका पक्षमा बहुमत जुटेकाले न्यौपानेको प्रस्तावमा मत विभाजन गर्नु नपर्ने भएको छ ।
प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए ।
घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् ।