Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन’


सारांश

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन’
images

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’मा समावेश ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको सार्वजनिक भएको छ।

चलचित्र ‘दैव संजोग’मा समावेश गरिएको यो गीत रिक्रियट गरिएको हो। यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो। रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन्। 

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडिओमा मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य देख्न सकिन्छ। 

चन्द्र पन्तको कथा रहेको चलचित्रमा राजु तामाङको एक्सन निर्देशन छ। दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्रमा ध्रुव न्यौपाने, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र नेम महर्जनको लगानी छ।

जेठको ९ गतेबाट प्रदर्शन हुने यो चलचित्र नायक राजेश हमालको ८ वर्षपछिको कमब्याकका कारण पनि चर्चामा छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij