झण्डै एक महिना चलेको लिगमा २४ खेलपछि साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स उपाधि होडमा उभिएका छन् ।
शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा पनि दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र उपाधिका लागि खेल्ने बताएका छन् ।
ललितपुर सिटी एफसी यस सिजन एक्लो अपराजित टिम हो । लिग चरणमा ६ खेलमै अपराजित रहेको ललितपुर शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो ।
पोखरा थण्डर्स पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । यस क्रममा पोखराको सुरुवात सोचे जस्तो थिएन । कमजोर सुरुवात गरेपछि पोखराले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।
