Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

कान्तिलोकपथमा दैनिक ६ घण्टा सवारी आवागमन बन्द


सारांश

कान्तिलोकपथमा दैनिक ६ घण्टा सवारी आवागमन बन्द
images

वाग्मती । यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा सवारीसाधनको आवागमन बन्द हुने भएको छ । 
    
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बकैया गाउँपालिकास्थित ठिंगन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । 

जारी सूचना अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक ६ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij