Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दीपक लिम्बू सांगीतिक साँझ हुने


सारांश

दीपक लिम्बू सांगीतिक साँझ हुने
images
 
काठमाडौं। 'नेपाली तारा' गायन प्रतियोगिताको पहिलो संस्करणका विजेता गायक दीपक लिम्बूलेको पहिलो स्वर्णीम सांगीतिक साँझ हुने भएको छ।
 
 जन्मदिन र नेपाली तारा विजेता बनेको २० औं वर्षगाँठ पारेर आगामी भदौ १७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ ५ बजेदेखि भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो।
 
शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक संस्था ओएस म्युजिकका प्रबन्ध निर्देशक आषिश भट्टराईले भने, "हामीले लोकप्रिय गायक तथा पहिलो नेपाली ताराका विजेता दीपक लिम्बूको पहिलो स्वर्णिम साँझ आयोजना गर्न लागेका हौँ।" उनका अनुसार, यो साँझ अग्रज कलाकारहरूलाई सम्मान गर्ने र ताप्लेजुङका बालबालिकाहरूलाई स्टेसनरी सामग्री सहयोग गर्ने उदेश्यले आयोजना गरिएको हो।
 
कार्यक्रमको संगीत संयोजन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक लोहोरुङ राईले गर्नेछन्। गायक लिम्बूले २५ जना लाइभ वाद्यवादकको साथमा आफ्ना चर्चित गीतहरू र अग्रज कलाकारका कालजयी रचनाहरू प्रस्तुत गर्नेछन्।
 
टिकट दर १ हजार र ५०० रुपैयाँ तोकिएको छ।
 
साँगीतिक साँझलाई लिएर गायक लिम्बू आफैँ पनि निकै उत्साहित छन्। उनले भने,"यो साँझ मेरा पछिल्ला २० वर्षका संघर्ष, सपना र सफलताको एउटा जीवन्त दस्तावेज बन्न सकोस् भन्ने चाहना लिएको छु। म मेरो शुभचिन्तक र नेपाली संगीतप्रेमीहरूलाई त्यो साँझ उपस्थित भएर माया दिन आग्रह गर्दछु।"
 
दीपक लिम्बू सन् २०६२ सालमा 'नेपाली तारा' गायन प्रतियोगिताको पहिलो संस्करणका विजेता बनेका थिए। त्यसयता, उनले नेपाली चलचित्र र आधुनिक संगीतमा एकपछि अर्को हिट गीतहरू दिएर सबैको मन जित्न सफल भएका छन्।
 
उनका "मैले त्यही भएर मन पराको", "यहाँ देशको छ चिन्ता", "मुटु माग्यौ तिमीले", "ढल्क्यो ढल्क्यो", "मैले माया गर्न जानिनँ होला" जस्ता गीतहरू लाखौं संगीतप्रेमीको मनमा गुञ्जिरहेका छन्।
 
 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij