Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

इनास यूएईले घोषणा गर्‍यो- "इनास म्यूजिकल धमाका सिजन-३"


सारांश

इनास यूएईले घोषणा गर्‍यो- "इनास म्यूजिकल धमाका सिजन-३"
images

काठमाडौं । अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाज इनास यूएईको आयोजनामा बृहत् सांगीतिक कार्यक्रम ''इनास म्यूजिकल धमाका सिजन-३'' हुने भएको छ।

आगामी जुनको ७ तारिख शनिबार दिनको १ बजे फोक्लोर थिएटर अवुधावीमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको आज एक पोष्टर सार्वजनिक गरि जानकारी गराईएको छ।

उक्त कार्यक्रममा धमाका मच्चाउन नेपालबाट अहिलेको समयमा निकै मन पराईएका गायक/सर्जक खेम सेन्चुरी, चर्चित गायिका समिक्षा अधिकारी र प्रख्यात सेलो गायक रोज मोक्तान अवुधावी जाने भएका भएका छन् । साथमा गायक हरि मोक्तान र गायिका कविता (रानाभाट महत)आर बि एमले पनि प्रस्तुति दिनेछन् ।

कार्यक्रम भव्य अनि सभ्य रूपमा सफल बनाउन यूएईबासी सम्पूर्ण नेपाली दाजुभाईहरू दिदीबहिनीहरू सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ।

इनास यूएईले प्रत्येक वर्ष इनास म्यूजिकल धमाका गर्दै आएको छ। धमाकाको पहिलो र दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएका थिए ।

हाल विश्वका ७५ भन्दा धेरै देशमा फैलिएको इनासको यूएई टिम निकै सक्रिय र सफल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij