Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘बलिदान’को एक्सनप्रधान प्रि–टिजर सार्वजनिक


सारांश

‘बलिदान’को एक्सनप्रधान प्रि–टिजर सार्वजनिक
images

काठमाडौं । चलचित्र ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको हो । 

प्रि–टिजरमा चलचित्रका प्रमुख कलाकार समीर भट्टको एक्सन छ । विराज भट्टको न्यारेसनसँगै सुरु हुने टिजरमा समीरको एक्सन समेटिएको छ । 

दसैँको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । 

चलचित्रमा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । 

आसुसेन फिल्म्स्‌को प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता छन् । 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij