Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अब आयात गर्दा नगद मार्जिन राख्नुनपर्ने


सारांश

अब आयात गर्दा नगद मार्जिन राख्नुनपर्ने
images
 
 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै नगद मार्जिन राख्नुपर्ने हटाएको हो ।

मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्ष माघ २६ गतेदेखि ४५ भन्सार कोडका करिब २७ सय वस्तुको आयात गर्दा ५० देखि ७० प्रतिशत बराबरको रकम व्यवसायी आफैंले हाल्नुपर्ने व्यवस्था गरेको थियो।

राष्ट्र बैंकले गत वर्षदेखि गाडी,मदिरा लगायत बिलासी वस्तुको आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राखेको थियो । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नगद मार्जिनको व्यवस्था हटाउन केन्द्रीय बैंकलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij