Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

डिजिटल र ब्याड बैंक खोल्ने सरकारको घोषणा


सारांश

डिजिटल र  ब्याड बैंक खोल्ने सरकारको घोषणा
images

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन थाल्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा लगिने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्ने सम्पत्त व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्ने घोषणा पनि नीति तथा कार्यक्रममा गरिएको छ ।

सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने योजनासहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij