Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरू


सारांश

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरू
images

काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ सुरू भएको छ।

आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी निर्मलकुमार थापाले प्रतियोगिताको उद्घाटन गरे। 

टेनिस खेलको विकासका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने दृष्टिकोणले सञ्चालन गरिएको प्रतियोगितामा ९ क्लबका १५ जना महिला सहित १९६ जना खेलाडीहरूको सहभागिता रहेको छ।

वैशाख २८ गतेसम्म जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने यस प्रतियोगितामा खुल्ला तथा भेट्रान्सतर्फ विभिन्न १२ वटा विधाका खेलहरू समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij