Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दुर्घटनामा परे ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप


सारांश

दुर्घटनामा परे ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप
images

काठमाडौं । 'इन्डियन आइडल १२' का विजेता पवनदीप राजन दुर्घटनामा परेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनको उत्तराखन्डबाट दिल्ली जाँदै गर्दा कार दुर्घटना भएको हो। यस दुर्घटनामा पवनदीप राजनसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर घाइते भएका छन्। उनीहरू उत्तराखण्डको चन्पावतमा बस्थे। 

करिब रातको २:३० बजे कार चलाइरहेका ड्राइभरलाई निद्रा लागेपछि दुर्घटना भएको बताइएको छ। पवनदीपलाई उनको परिवारले नोएडाको फोर्टिस हस्पिटलमा भर्ना गरेका छन्। यतिबेला उनी आइसियुमा छन्। 

पवनदीपको बायाँ खुट्टामा र दायाँ हातमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij