Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘सेटिङ’मा गभर्नर ‘रबर स्ट्याम्प’ नियुक्त हुने होला: स्वर्णिम वाग्ले


सारांश

‘सेटिङ’मा गभर्नर ‘रबर स्ट्याम्प’ नियुक्त हुने होला:  स्वर्णिम वाग्ले
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले सरकारले गभर्नर नियुक्त नगरेर चलखेल गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार (वैशाख २३) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सरकारले ‘सेटिङ’मा काम गर्ने गरेको आरोप लगाए ।

गभर्नर नियुक्तिको ढिलाइको प्रसंग जोड्दै उनले सिफारिस समितिले उपयुक्त पात्र छान्न पाउने सम्भावना कम रहेको बताए । “सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा दुई महिनादेखि अल्झिरहेको छ । माथि सेटिङ गरेर समिति बसाएर एउटा रबर स्ट्याम नियुक्ति हुने होला,” वाग्लेले भने।  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij