सारांश
काठमाडौं । निर्देशक शोभित बस्नेतले चलचित्र ‘पीआर’को दोस्रो चरणको छायांकन कास्कीको धम्पुसबाट अगाडि बढाएका छन् ।
यसअघि पहिलो चरणको छायांकन अस्ट्रेलियामा भएको थियो । तालिकाअनुसार बाँकी छायांकन पोखरा र चितवनमा पनि हुनेछ ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पीआर’मा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, रवीन्द्र खड्का, उत्तम केसी, सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी विमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी कृष्ण थापा र नवीन घायल लगायतको अभिनय हुनेछ ।