एजेन्सी । भारत र पाकिस्तानबिच जारी तनावको बारेमा अमेरिकी विदेश मन्त्रालय बोलेको छ ।
अमेरिकाले दुवै देशले एक अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । युद्धले कुनै समाधान ननिम्त्याउने अमेरिकाको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा यो कुरा बताएकी हुन्। पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, 'अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्नेकुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको छ ।'