Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा


सारांश

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा
images

काठमाडौं । पाकिस्तान र भारतबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका अधिकारीले युद्धविरामको सहमति भएको जानकारी दिए ।

शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले 'युद्धविराम'मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्। 
मिश्रीले भने, “जमिन, आकाशमा युद्धविराम भयो।”
 
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताए ।
दारले एक्समा लेखेका छन्, “पाकिस्तान र भारत पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।”

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको सामाजिक सञ्जाल मार्फत सो जानकारी दिएका हुन् ।

ट्रम्पले भनेका छन्, “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशलाई साझा समझदारी र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई छ ।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij