Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री


सारांश

बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री
images

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन त्यसमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताएका छन् ।

शनिबार (वैशाख २७) काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा उनले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताएका हुन् ।

अर्थतन्त्रका परिसूचक सुधार हुँदै गए पनि विगतमा स्रोत व्यवस्थापनको खाडल देखिएकाले त्यसलाई पुर्न केही समय लाग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij