Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आज भारत र पाकिस्तानबीच वार्ता


सारांश

आज भारत र पाकिस्तानबीच  वार्ता
images

एजेन्सी । भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि वार्ता हुने तय भएको छ ।

अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।

भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।

संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij