सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अमेरिकाका अध्यक्ष राहुल के सी र नायिका उषा पौडेल विवाह बन्धनमा बाँधिएका छन् ।
दुई साताअघि स्थानीय अदालतमा कानूनी विवाह गरेका यी दुईले अमेरिकी समयानुसार आइतबार दिउँसो यी दुईले ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसे ।
विवाह समारोहमा दुबै पक्षका परिवार, आफन्त र अमेरिकामा बसोबास गर्दै आएका कलाकर्मी उपस्थित रहे ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित चलचित्रको शीर्ष भूमिकामा अभिनय गरेकी उषाले गोधुली, दैव सहित ३० भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छन् ।
राहुलले ‘नागरिक’, ‘किसान’ सहितका लगायतकाचलचित्रमा अभिनय गरेका छन् ।