Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त


सारांश

राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त
images

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि गभर्नर सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्नेमा निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । 

पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे ।
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij