Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

नवनियुक्त गभर्नरको पहिलो निर्णय- पाँच सय र एक हजारका नयाँ नोट छाप्ने


सारांश

नवनियुक्त गभर्नरको पहिलो निर्णय- पाँच सय र एक हजारका नयाँ नोट छाप्ने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन्  । 

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थीत राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर समेत गरे ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij