सारांश
काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् ।
‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापा चलचित्र ‘आ बाट आमा’को मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् ।
उनले भनिन, ‘कथा सुन्दाखेरी मेरो घाँटी ख्याप्प भएर सुकेको थियो । स्टोरी नै यति पावरफुल, यति स्ट्रोङ छ । जुन फिल्म हेरिसकेपछि मात्रै थाहा हुन्छ ।’
यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । निर्देशक पन्तले ‘आ बाट आमाले आमा र सन्तानबीचको गहिरो कथा भन्ने बताएका छन् ।
‘यसमा दर्शकलाई इमोसनल बनाउने कथा छ । त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँं’ निर्देशक पन्तले भने ।
निर्देशक पन्तका अनुसार यो चलचित्र भदौदेखि छायांकनमा जाने र आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।