Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र 'नरसिंहा अवतार' हलमा


सारांश

राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र 'नरसिंहा अवतार' हलमा
images

काठमाडौं । राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र 'नरसिंहा अवतार' प्रदर्शनमा आएको छ। 

उनको कमब्याक चलचित्र 'नरसिंहा अवतार' शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो। सन २०१६ मा रिलिज 'सकुन्तला' यता कुनै  चलचित्रमा काम नगरेका राजेश वर्षौपछि सिनेमाको पर्दामा फर्किएका हुन्। 

प्रेम, परिवार र बदलाको कथामा बनेको फिल्ममा राजेश एक्सन अवतारमा छन्। 

दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको  चलचित्रमा राजेशसहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय छ। 

चन्द्र पन्तको कथा रहेको  चलचित्रको निर्माता ध्रुव न्यौपाने, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र नेम महर्जन हुन्। 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij