सारांश
काठमाडौं । सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको छ ।
बिहीबार संघीय सदनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ जेठ १५ मा सार्वजनिक गरेको बजेटमा वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्षमा झारेको थियो।