सारांश
काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा निजी क्षेत्रका प्रतिनिधिहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । बिहीबार बजेट प्रस्तुतपछि प्रतिनिधिसभाबाट बाहिरिँदै गर्दा निजी क्षेत्रका व्यक्तिमध्ये धेरैले बजेट स्वागतयोग्य रहेको बताएका छन् ।
आगामी आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको कुल बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको छ ।
बजेटबारे प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुन्दा बजेट स्वागतयोग्य नै रहे पनि कार्यान्वयनमा आशंका भएको बताए । ‘बजेट सधैँ सकारात्मक नै आउँछ, तर कार्यान्वयन हुँदैन’ उनले भने, ‘हरेक वर्ष धौवदी फलामको कुरो आउँछ, तर काम हुँदैन।’