Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बजेटमा चलचित्र : स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन


सारांश

बजेटमा चलचित्र : स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन
images

काठमाडौं । सरकारले चलचित्रको छायांकनका लागि आउटडोर तथा इनडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । 

अगामी आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले इनडोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए । 

“नेपालको कला, संस्कृति, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्न इनडोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ,” मन्त्री पौडेलले भने । 

सरकारले ओटीटी (ओभर द टप मिडिया सर्भिस) सेवालाई नियमन गर्न कानुन ल्याउने भएको छ । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ओटीटी नियमन गर्न कानुन बनाउने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij