Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

मदिरा र चुरोटको भन्सार महसुल बढ्यो


सारांश

मदिरा र चुरोटको भन्सार महसुल बढ्यो
images

काठमाडौं । सरकारले मदिरा, वियर, सूर्ति र चुरोटमा लाग्दै आएको भन्सार महसुल बढाएको छ ।

बिहीबार संघीय संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत यी वस्तुमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको हो । 

त्यस्तै, अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको पौडेलले बताए । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको छ । 

विद्युतीय विजक प्रणालीमा करदाताको आबद्धता बढाउँदै केन्द्रीय विजक अनुगमन प्रणलीको दायरा फराकिलो बनाइने पनि अर्थमन्त्री पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij