सारांश
काठमाडौं । चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गतेदेखि देशभर प्रदर्शन गरिने भएको छ ।
चलचित्र यसअघि जेठ १५ गते रिलिज गरिने तय थियो । विशेष परिस्थितिका कारण रिलिज मिति सारिएको निर्माण पक्षले जनाएको छ ।
“हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ,” निर्देशक दिनेश राउतले भने, “यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा गएर फिल्म हेर्नुहोला’ उनले भने ।”
चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।