Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दिव्या रायमाझी डिशहोम ईन्टरनेटको ब्रान्ड एम्बेसेडर नियुक्त


सारांश

दिव्या रायमाझी डिशहोम ईन्टरनेटको ब्रान्ड एम्बेसेडर नियुक्त
images

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।

कम्पनीले उदाउँदी प्रतिभा र युवापुस्तामाझ लोकप्रिय अनुहारका रूपमा चिनिएकी रायमाझीलाई ब्रान्डको प्रतिनिधि बनाउँदै डिजिटल अभियानलाई थप मजबुत बनाउने जनाएको छ।

डिशहोमको भैंसेपाटीस्थित कर्पोरेट कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा रायमाझी र डिशहोम ईन्टरनेटका प्रमुख बजार अधिकृत (CMO) सञ्जय प्रसाद राजभण्डारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

डिशहोमका अनुसार रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको पहुँच र डिजिटल भविष्यप्रतिको सरोकार कम्पनीको ब्रान्ड दृष्टिकोणसँग मेल खाने भएकाले उनीसँगको सहकार्य अगाडि बढाइएको हो।

डिशहोमका CMO राजभण्डारीले भने, “हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नराखी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं। दिव्या रायमाझी युवाको आत्मविश्वास, सिर्जनशीलता र भविष्यप्रतिको सोचको प्रतीक हुन्। उनीसँगको सहकार्यले हाम्रो ब्रान्डलाई नयाँ पुस्तासँग अझ नजिक ल्याउनेछ।”

ब्रान्ड एम्बेसेडरका रूपमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै दिव्या रायमाझीले भनिन्, “डिशहोम ईन्टरनेट जस्तो गतिशील ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो। यो सहकार्य केवल ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको थालनी पनि हो।”

उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘मेरो अभिनय यात्रासँगै यस्तो प्रतिष्ठित ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको छ, जुन नेपाली परिवारहरूलाई एकआपसमा जोड्ने काममा सक्रिय छ ।’

Capture.JPG

हाल डिशहोम ईन्टरनेटले ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ। कम्पनीले "माई डिशहोम" मोबाइल एपमार्फत ग्राहक सेवा प्रणालीलाई अझ स्मार्ट र प्रयोगमैत्री बनाएको जनाएको छ।

दिव्या रायमाझीसँगको सहकार्यलाई डिशहोमले युवा पुस्तासँगको सम्बन्ध अझ बलियो बनाउने अवसरको रूपमा लिएको छ। साथै, डिजिटल पहुँचलाई देशभर फैलाउँदै लैजाने आफ्नो दीर्घकालीन लक्ष्यमा थप गतिशीलता ल्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij