सारांश
काठमाडौं । चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (डीसीएन)बीच भीपीसी (भर्चुअल प्रिन्ट कस्ट)को शुल्कमा २५ प्रतिशत घटाउने सहमति भएको छ ।
केडीएम चार्ज समेत भनिने यो प्रणाली साउन मसान्तदेखि लागू हुने गरि २५ प्रतिशत घटाउने सहमति पत्रमा निर्माता संघका पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन् ।
“निर्माताले लामो समयदेखि उठाउँदै आएको माग आज पुरा भएको छ ।“ निर्माता संघका अध्यक्ष नवल खड्काले भने ”यो निर्णयले निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा । ”
यो निर्णयपछि निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा हुने अध्यक्ष खड्काले बताए ।
एकमुष्ट रकम नतिर्ने हो भने सिनेमा प्रदर्शन गर्दा प्रतिशो टु के फिल्मको ५० रुपैयाँ र नन् टुके फिल्मको २५ रुपैयाँ लिँदै आएकोमा २५ प्रतिशतले घटेको छ ।
भीपीसीमा एकमुष्ट रकम नतिर्नेले प्रतिशोको शुल्क डीसीएनलाई तिर्नुपर्ने नियम छ ।