Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

नबिल बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त


सारांश

नबिल बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त
images

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।

हाल कामु सिइओको रूपमा रहेको ज्ञवालीलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो।

कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए। गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो। 

उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। दुई दशकदेखि ज्ञवाली बैंकिङ क्षेत्रमा छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij