Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘पिताम्बर २’ निर्माणको घोषणा


सारांश

‘पिताम्बर २’ निर्माणको घोषणा
images

काठमाडौं । चलचित्र ‘पिताम्बर २’ निर्माणको घोषणा गरिएको छ ।

‘पिताम्बर’को ५१ औं दिन सेलिव्रेशन कार्यक्रममा यसको दोस्रो भागको निर्माण घोषणा गरिएको हो । 

चैत्रको २९ गतेबाट रिलिजमा आएको  चलचित्र ‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ दिन मनाएको हो । उक्त अवसरमा  चलचित्रका कलाकार र प्राविधिकहरूलाई सम्मान पत्र प्रदान गरियो । 

502724730_9854101037976316_8453168522296254938_n.jpg
निर्देशक कृषा चौलागाईं

 

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, डीओपी तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकारहरू सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्र हरि लगायतको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै निर्देशक चौलागाईंले ‘पिताम्बर’ ‘सोचदेखि संभव’सम्मको यात्रा रहेको सुनाइन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij