Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मस्कसँगको सम्बन्ध अब सकियो : डोनाल्ड ट्रम्प


सारांश

मस्कसँगको सम्बन्ध अब सकियो : डोनाल्ड ट्रम्प
images

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एलन मस्कसँगको सम्बन्ध अब सकिएको बताएका छन् ।

अमेरिकाको एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म अब सम्बन्ध सकिएको ठान्छु ।”

टुटेको सम्बन्ध फेरि जोड्न चाहनुहुन्छ वा हुन्न भनेर सोध्दा उनले अब चाहन्न भने ।

ट्रम्पको टिप्पणी मस्कसँग सामाजिक सञ्जालमा भएको ठूलो विवादपछि आएको बीबीसीले जनाएको छ ।

विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी मस्कले, जसले ट्रम्पको निर्वाचन अभियानमा करोडौँ डलर चन्दा दिएका थिए र ह्वाइट हाउसमा सहयोगी बनेका थिए । तर मस्कले ट्रम्पको कर र खर्च विधेयक (बिग ब्युटिफुल बिल)को खुल्ला आलोचना गरेपछि दुईबीच यो विवाद सार्वजनिक भएको हो ।

यसैबीच, मस्कले अर्को वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्प विरोधीहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन् । 

ट्रम्म विरूद्ध 'आगो ओकलिरहे' मस्कले अझै बढी नोक्सानी ब्यहोर्नुपर्ने  हुनसक्ने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij