Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

आइफोनको सीपीयू मर्मत सम्बन्धि वल्र्डकपमा नेपालका रायमाझीले गरे प्रतिस्पर्धा


सारांश

आइफोनको सीपीयू मर्मत सम्बन्धि वल्र्डकपमा नेपालका रायमाझीले गरे प्रतिस्पर्धा
images

काठमाडौं । आइफोनको सीपीयू मर्मत सम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता ग्लोबल कप वाइसीएस २०२५ मा सहभागी भएर फर्किएका सुमन रायमाझीलाई नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ ।

विश्वका २५ देशबाट सहभागी भएका मोबाइल टेक्निसियनहरुले सो प्रतिस्पर्धामा भाग लिएकोमा नेपालबाट हेटौंडाका रायमाझी एक्लो सहभागिता थिए ।

सो प्रतिस्पर्धा मे २० देखि २२ सम्म चीनको सेन्जेनमा आयोजना गरिएको थियो भने प्रतिस्पर्धामा सहभागिताका लागि अनलाइन आवेदन मागिएको थियो ।

सो तालिममा विश्वभरका टेक्निसियनहरुका बिचमा पहिले कसले आइफोनको सिपियु तथा क्र्याक डिस्प्ले मर्मत गर्ने भन्ने प्रतिस्पर्धा चलाइएको थियो । प्रतिस्पर्धामा ब्राजिलका टेक्निसियन प्रथम भएका थिए ।

उनले ५ मिनेट ७ सेकेन्ड लगाएर आइफोनको सीपीयू मर्मत गरेका थिए । यस्तै चिनका प्रतिस्पर्धीले ५ मिनेट २४ सेकेन्ड लगाउँदै दोस्रो तथा भारतका प्रतिस्पर्धी ७ मिनेट ३५ सेकेन्ड समय लगाउँदै तेस्रो भएका थिए ।

विश्वका प्रतिस्पर्धीहरुका बिचमा पुगेर आफ्नो कौशल देखाएकाले रायमाझीलाई सम्मान गरिएको मोबाइल ब्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष एसिस रिजालले जानकारी दिए। रायमाझीले आइफोनको सिपियु मर्मत गर्न ११ मिनेट लगाएका थिए।

उनको सम्मानमा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रमेश घिमिरे लगायत सहभागी थिए । रायमाझी आफ्नै खर्चमा चीन गएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij