Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर


सारांश

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij