Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै


सारांश

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै
images

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

यस सिरिजमा नेदरल्यान्ड्सले तीन खेल खेल्दै दुई जित र चार अंकका साथ तालिकामा बलियो स्थिति बनाएको छ। उनीहरूले स्कटल्यान्डलाई ३९ रनले हराएपछि नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेका थिए र पछिल्लो खेलमा स्कटल्यान्डलाई १७ रनले हराएका थिए।

अर्कोतर्फ, नेपालले दुई खेलमा एक जित र एक हारका साथ २ अंक जोडेको छ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजय भोगे पनि दोस्रो खेलमा आयोजक स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। समान २ अंक भए पनि रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ।

नेपाल र स्कटल्यान्डबीचको अन्तिम खेल शुक्रबार हुनेछ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij