सारांश
काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक भएको छ ।
आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरिएको छ ।
‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मुनाल घिमिरेको लगानी छ ।
‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ ।