सारांश
एजेन्सी । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो ।
इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराम सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । तर, इजरायलले पहिले आक्रमण रोकेमा इरानले जवाफी कारबाहीलाई निरन्तरता दिने कुनै मनसाय नराखेको उनले बताएका छन् ।