सारांश
काठमाडौं । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
उक्त चलचित्रमा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उनले उचित क्षतिपूर्तिको माग राखेका छन् ।
रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ ।