Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसीसी मेन्स यु–१६ क्रिकेट: नेपालविरुद्ध जापान ८० रनमै अल आउट


सारांश

एसीसी मेन्स यु–१६ क्रिकेट: नेपालविरुद्ध जापान ८० रनमै अल आउट
images

काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालविरुद्धको खेलमा जापान ८० रनमै अल आउट भएको छ ।
जापानले नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको हो । 
जापानका लागि कप्तान चाल्र्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रनमा आउट भए ।
जापानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि शुभमन खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।


मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज नेपाल र जापानबीच खेल भएको थियो ।
नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij