Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो :सीईओ जोशी


सारांश

आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो :सीईओ जोशी
images

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको बताए ।

उनले भने, ‘पर्यटकहरुको संख्या हामीले सोच जति छैन् ।

यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ । हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुदाँ हामीले अपेक्षित मात्रामा पर्यटक ल्याउन सकिरहेको छैनौँ तर पछिल्लो समयमा नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड छ ।

आजको दिनमा पर्यटन क्षेत्र राम्रो छैन् भनेर निराश हुनुभन्दा हाम्रो भविष्य राम्रो छ भनेर आशावादी हुनुपर्छ ।’

यस्तै, उनले सवारी साधनको विषयमा गुणस्तरियता, सरसफाईको साथै, पर्यटकहरुलाई दिने जुन आतिथ्यतालाई सन्तुलनमा राख्नुपर्ने बताए ।

उनले भने, ‘सवारी साधनको विषयमा कुरा गर्दा गुणस्तरियता, सफाई आदि कुरा छँदै छन्, त्यो बाहेक हामीले पर्यटकहरुलाई दिने जुन आतिथ्यता छ त्यसलाई सन्तुलन गर्नुपर्छ । हाम्रो आतिथ्यता कै कारणले नेपालमा आउने पर्यटकहरु दोहोर्‍याएर आउने गरेका छन् ।’

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij