Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सहायक हवल्दारबाट राजीनामा


सारांश

दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सहायक हवल्दारबाट राजीनामा
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाल पुलिसको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन् ।

नेपाल पुलिसका डीआईजी विनोद घिमिरेले दीपेन्द्रले बुझाएको राजीनामा स्वीकृत भएको जानकारी दिए । 

नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका दीपेन्द्र यसअघि २०८० असोजमा सहायक हवल्दारमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij