Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद


सारांश

‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद
images

काठमाडौं । ‘टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।

इप्पानले विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेटमार्फत रनअफ दी रिभर (आरओआर) प्रकृतीका जलविद्युत परियोजनामा टेक एण्ड पे विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो ।

पहिल्यै देखि कायम रहेको टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कद्मको विरोध गर्दै आएको थियो ।

टेक एण्ड पे को प्रावधान लागु भएको खण्डमा बैंक तथा वित्तिय संस्थाहरुले कुनैपनि जलविद्युत परियोजनामा लगानी नगर्ने भन्दै निर्माणको विभिन्न चरणमा रहेका १७ हजार ११७ मेगावाट क्षमताका जलविद्युत आयोजनाको भविष्य संकटमा परेको इप्पानको भनाई थियो । ति आयोजनाहरुमा निजी क्षेत्रको करीब १ खर्ब ९ अर्ब रुपैयाँ लगानी भइसकेको अवस्था थियो ।

इप्पानले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरी शान्तिपुर्ण आन्दोलन गर्दै आएको अवस्थामा सरकारले असार ११ मा प्रतिनिधी सभा बैठक मार्फत उक्त निर्णय फिर्ता लिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij