Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन


सारांश

हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन
images

काठमाडौं ।  हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो ।

आईपीओको अंकित मूल्य १०० रूपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij