सारांश
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अनन्तराज थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई मुख्य प्रशिक्षक आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एन्फाका महासचिव किरण राईले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्त पत्र हस्तान्तरण गरेका थिए । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापा ए डिभिजन टोली नेपाल पुलिस क्लबका प्रशिक्षक हुन् । उनलाई एन्फाले पहिलो पटक महिला टोलीकाुे मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।