Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘लिङ्ग परिवर्तन अर्थात शल्यक्रियाको प्रावधानप्रति स्वार्थ बाझियो’


सारांश

‘लिङ्ग परिवर्तन अर्थात शल्यक्रियाको प्रावधानप्रति स्वार्थ बाझियो’
images

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय अन्तर्गत पारलैंगिक (ट्रान्सजेन्डर)हरुको लैङ्गिक पहिचानमा कानुन स्वत आकर्षित हुने भएकाले लिङ्ग परिवर्तन अर्थात शल्यक्रिया सामाजिक र कानुनीरुपमा अप्ठेरोपर्ने सरोकारवालाहरुले धारणा राखेका छन् ।

शुक्रबार ‘मायाको पहिचान नेपाल’ले आयोजना गरेको ‘लिङ्ग परिवर्तन शल्यक्रियाः प्रभाव, कानुन र लैङ्गिक पहिचान’ छलफल कार्यक्रममा उनीहरुले लिङ्ग परिवर्तनको शल्यक्रिया गरेकाले मात्र महिलाको नाममा नागरिकता लिन पाउँने कुरा अस्पष्ट रहेको बताए ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं संविधान सभाका सभासद् सुनिलबाबु पन्तले पछिल्लो समय स्वार्थको लागि पनि ट्रान्सजेन्डर भएर आफ्नो उद्देश्य पुरा गर्न जमात देखिएको बताए ।

उनले भने, ‘लैङ्गिक पहिचान आफूमा मात्र सिमित हँुदैन । उदारवादीको नाममा मेरो शरीर मेरो अधिकार भन्ने कुरा सुन्दा राम्रो हो । तर लिङ्ग परिवर्तन कुरामा  परिवार, समाजसँगै, राष्ट्रियताको सवालमा गाह्रो छ । लैङ्गिक आधारमा आरक्षणको कुरासँगै अन्य कुरामा लागु गर्न अप्ठेरो हुन्छ ।’

उनले थप भने,‘लैङ्गिक पहिचान स्वत कानून आकर्षित हुन्छ । नागरिकता पहिलो पटक लिनको लागि सजह भएपनि दोस्रो पटकमा लिन नमिल्ने प्रावधान छ । स्वार्थको लागि पनि ट्रान्सजेन्डर भएर आफ्नो उद्देश्य पुरा गर्ने देखिन्छ ।’

एलजीबीटीआइक्यूप्लस समुदायसम्बन्धी कानूनले अन्यको नाममा नागरिकताका साथै अन्य कागजी काम गर्न सहज भएको अधिकारकर्मीहरु बताउँछन् ।

नेपालमा शल्यक्रियामार्फत लिङ्ग परिवर्तनसम्बन्धी स्पष्ट कानुनी प्रबन्ध नभएको र महिलाको नाममा नागरिकता लिने सवालमा कानूनी स्पष्ट हुनुपर्ने अधिकारकर्मी नुमा लिम्बु (चञ्चला)ले बताइन् ।

‘पहिचानको लडाई लड्दा सर्वोच्व अदालतको फैसलापछि अन्यको नाममा नागरिकता लिइरहेपनि पुरुषहरुले लिङ्ग परिवर्तन गरी महिलाको नाममा नागरिकता लिइरहेका छन् ।

तर केहीले लिङ्ग परिवर्तन नगरी महिलाको नाममा लिन पाइएको छ । महिलाको नाममा नागरिकता लिन पुरुषको लिङ्ग भएकाले पनि पाउने कि लिङ्ग परिवर्तनको शल्यक्रिया गरेकाले पाउने सर्वोच्चले छानविन गरोस,’ उनले भनिन्,‘यो समुदायका लागि महिलाको नाममा नागरिकता कस्ताले लिन पाउने हो स्पष्ट हुनुपर्छ । यस्ता कुराले हामीबीच नै विवाद उत्पन्न गराएको छ । हामीलाई कतिले पत्याउनु हुन्छ ।’ 

नेपालमा नागरिकतामा भएको नाम र लिङ्ग परिवर्तन गर्न चिकित्सकबाट तेस्रोलिङ्गी भएको प्रमाणीकरण गर्नुपर्ने अवस्था छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij